“लेखिएका कुरालाई यथार्थ अनि कार्यमा परिणत गर्न परख अनि समझदारी भएका प्रत्येक व्यक्तिको दायित्त्व बन्दछ.... सम्पूर्ण मानव जातिको सेवामा आजलाई समर्पित गर्ने ती व्यक्ति नै वास्तवमा महान् हुन्छन्।”
— बहाउल्लाह
कुनै निश्चित छिमेक वा गाउँमा समुदाय विकासको प्रक्रिया बढ्दै जाँदा, त्यसमा संलग्न मित्रहरू त्यहाँका बासिन्दाहरूले झेलिरहेका सामाजिक अनि भौतिक चिन्ताहरूप्रति बढी आकर्षिक हुने गर्दछन्। उनीहरूले बहाई धर्मका शिक्षा-दीक्षामा केही अन्तरदृष्टि अनि सिद्धान्त पाउँदछन्, जुन त्यस्ता इलाकाले सामना गरिरहेका समस्याहरूलाई सम्बोधित गर्न प्रयोग गर्दछन्, जस्तै महिला एवं पुरुषबीच समानता, पर्यावरण, स्वास्थ्य, कृषि तथा शिक्षालाई प्रोत्साहन। त्यस्ता विषयबारे सचेतना जागेपछि, अध्ययन चक्र, किशोर युवा समूहको माध्यमद्वारा साझा विचार भएका मित्रहरूको टोली विकास गरिन्छ र सामूहिक आराधनाले समुदायको बढी हितका लागि पहल शुरु गर्न थाल्दछ। अनौपचारिक प्रयास तथा सेवा परियोजनाहरू कहिले-काहिँ अनवरत पहल जस्तै शैक्षणिक कक्षा वा सामुदायिक स्कूल। यीमध्ये केही पछि गएर परिसर विकास सङ्गठन वा विशाल शैक्षणिक स्कूलहरूमा विकसित हुँदै अरू बढी औपचारिक बन्नपुगेका छन्।
कोशिश अनि जटिलताको स्तरमा विविधता भए तापनि, त्यस्ता सामाजिक कार्यपहलमा, मानवतालाई आध्यात्मिक अनि भौतिक रूपमा प्रगति गर्न सहयोग पुऱ्याउने, न्यायको सिद्धान्त तथा मानवतामा एकात्मकताप्रति विश्वास, आफ्नो समुदायको समुन्नतिका लागि ज्ञानहरूको रचना एवं कार्यान्वयनमा सहभागी बन्न सबै मानिसको क्षमता विकासमाथि ध्यान, तथा परामर्श, अध्ययन, कार्य तथा समीक्षाको सिलसिलाद्वारा कार्यमार्फत् सिक्ने गुणले युक्त समानता हुँदछ।